शुक्रबार, मंसिर १५, २०८०
Friday, December 1, 2023

काठमाडौँ – सरकारमा रहेका राजनीतिक दलहरूको गठबन्धनले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज सिट बाँडफाँट टुंगो लगाउने तयारी गरेका छन् ।सहमति अघि सिट बाँडफाँट गर्न गठित कार्यदलको बैठक बिहान बस्ने एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदलमा छलफल भएपछि शीर्ष तहमा सहमति गरिनेछ ।

नेपाली कांग्रेसभित्रको विवादको प्रभाव सिट बाँडफाँटमा देखिएको अरु दलहरूको निष्कर्ष छ । सरकारमा सहभागी कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आगामी चुनावमा सहमति गरेर जाने रणनीतिमा छन् ।

कार्यदलका एक सदस्यका अनुसार नेपाली कांग्रेस प्रतिनिधि सभातर्फ ८५ सिट लिन सहमत देखिएको छ । कांग्रेस र राष्ट्रिय जनमोर्चालाई छुट्याएर बाँकी सिटमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बीच सहमति खोज्ने तयारी शीर्ष नेताहरूले गरेका छन् ।

 

तपाईको प्रतिक्रिया