बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी उच्च स्रोतले खरीबोटलाई जानकारी दिएको हो ।

डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आबद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्ने बताइएको छ । सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा जाहेरी दिएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

तर क्यारेबियनल प्रिमियर लिग खेल्न वेस्टइन्डिज रहेका सन्दीप हालसम्म स्वदेश नफर्किएपछि प्रहरीले इन्टरपोलको सहयोग लिएको हो । उनले पछिल्लो पटक आइतबार राती सामजिक सञ्जालमा पोष्ट गर्दै आफु तनावमा रहेकाले आफुलाई आइसोलेसनमा राखेको बताएका थिए । साथै उनले आफु छिटो नेपाल फर्किने समेत उनले पोष्टमा उल्लेख गरेका थिए ।

यद्यपी सन्दीप अहिले कुन देशमा छन् भन्ने स्पष्ट भएको छैन । उनी अहिले नेपाल क्रिकेट संघ (क्यान) को समेत सम्पर्कमा नरेको क्यानका पदाधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया