शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नेपाल र भारतसहित विश्वका विभिन्न देशबाट एकसाथ प्रदर्शन भएको ‘प्रेमगीत ३’ले प्रदर्शनको तेस्रो दिनसम्म आक्रामक व्यापार गरेको छ ।

नेपाली तथा हिन्दी भाषामा डब गरिएको यो फिल्मको अहिले विश्व बजारमा चर्चा भइरहेको छ । विशेष गरेर भारतीय बक्स अफिसमा राम्रो चर्चा कमाएको ‘प्रेमगीत ३’ले त्यहाँ कलेक्सन पनि राम्रो गरिरहेको छ । विभिन्न विवादका माझ प्रदर्शनमा आएको फिल्मले नेपालमा पनि दर्शकको राम्रो साथ पाएको छ ।

औसत समीक्षा पाए पनि फिल्मले व्यापार भने राम्रो गरिरहेको छ । फिल्मका अभिनेता प्रदीप खड्काले विश्व बजारमा आफ्नो फिल्मले राम्रो व्यापार गरिरहेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको आँकड अनुसार यो फिल्मले प्रदर्शनको दुई दिनमा विश्व बजारबाट ८ करोड ७९ लाख रुपैयाँ ग्रस कलेक्सन भएको छ । उनले शनिबार र शुक्रबार मात्रै फिल्मले उक्त रकम कमाएको उल्लेख गरेका छन् ।

शुक्रवार मात्रै यो फिल्मले ४ करोड ८४ लाख रुपैयाँ बराबरको व्यवसाय प्रदीपले सञ्जालमा उल्लेख गरेका छन् । शनिबार भने यो फिल्मले ३ करोड ८५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । भारतीय बक्स अफिसमा शुक्रबार १ करोड १२ लाख भारु ग्रस कलेक्सन गरेको फिल्मले शनिबार ८३ लाख भारु कमाएको उल्लेख गरिएको छ । नेपालमा मात्रै ‘प्रेमगीत ३’को नेपाली संस्करणले ४ करोड माथि ग्रस कलेक्सन गरेको प्रदीपको दाबी छ ।

नेपाल र भारत बाहेक विश्वका अन्य मुलुकमा फिल्मले दुई दिनमा २ करोड ८० लाख रुपैयाँ कमाएको निर्माण टिमले जनाएको छ । निर्माण टिमको दाबी बाहेक फिल्मको आम्दानीलाई लिएर फरक फरक आँकडा सार्वजनिक भैरहेका छन् ।

तपाईको प्रतिक्रिया