सोमबार, मंसिर १२, २०७९
Monday, November 28, 2022

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फिल्म ‘प्रेमगीत ३’ हेरेका छन् । आइतबार साँझ चितवनको इन्द्रदेव हलमा भरतपुर मेयर रेणु दाहाल, पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारीसहितको टोलीसँग फिल्म हेरे ।

पुरै समय हलमै बसेर फिल्म हेरेका प्रचण्डले बाहिर निस्कँदा संचारकर्मीसँग फिल्मको प्रशंसा गरे । फिल्म हेरिरहँदा आफूलाई बाल्यकालको याद आएको बताउँदै उनले नेपालको पर्यटन विकासमा फिल्मले टेवा पुग्ने समेत बताए । ‘मसलेदार’ भन्दै उनले फिल्मको समीक्षा पनि गरे ।

तपाईको प्रतिक्रिया