शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – देशका जनताको चर्को आलोचनाबीच जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टि अर्को साता हुने भएको छ । अन्त्येष्टिको लागतलाई लिएर भएको चर्का आलोचनाबीच उनको अन्तिम संस्कार हुन लागेको हो ।

सिन्जो आबेको यसै वर्षको जुलाई ८ मा एउटा राजनीतिक कार्यक्रममा हत्या भएको थियो । अन्त्येष्टिका लागि जापान सकरकारले १ दशमलब ६६ अर्ब यन खर्च लाग्ने जनाएको छ, जुन रकम हालै दिवंगत भएकी बेलायती महारानीको राजकीय अन्त्येष्टिमा लागेको खर्चभन्दा बढी हो ।

आबेको अन्त्येष्टिमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसहित २१७ देशका ७०० पाहुनाहरु सहभागी छन् ।

तपाईको प्रतिक्रिया