बिहिबार, मंसिर १४, २०८०
Thursday, November 30, 2023

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवारी दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने बताए । उनले निर्वाचनपछि केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्ने कुरा जनताले महसुस हुने गरी काम गर्ने प्रतिबद्धता जनाए । नेता सिंहले आगामी निर्वाचनपछिको सरकारले देशमा सुशासन कायम गर्ने बताए ।

‘संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने हो, काँग्रेसले मौका पायो भने संघीयतालाई कार्यान्वयन गरेर देखाउँछौँ,’ उनले भने, ‘केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्ने कुरा जनताले महसुस हुने गरी काम गर्छौँ । सुशासनको समस्यालाई हल गर्नेछौँ ।’

तपाईको प्रतिक्रिया