शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – मुलुकभर डेंगु रोगका कारण ज्यान गुमाउनेको संख्या २९ जना पुगेको छ । डेंगुका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार हालसम्म ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ ।

साथै हालसम्म नेपालभर २२ हजार ९८८ जनालाई डेंगु रोगी देखिएको मन्त्रालयने जनाएको छ । हालसम्म सबै भन्दा बढी बागमती प्रदेशमा डेंगुका विरामी देखिएका छन् । हालसम्म बागमतीमा १७ हजार ७३१ जनामा डेंगु देखिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेश २ हजार ८२१ जना, सुदूर पश्चिममा ७७७ जना, प्रदेश १ मा ५९१ जना, गण्डकीमा ५१५ जना, मधेश प्रदेशमा ३२३ जना र कर्णाली प्रदेशमा २३० जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया