सोमबार, मंसिर १२, २०७९
Monday, November 28, 2022

टोकियो – जापानले कोभिड-१९ प्रतिबन्धहरू हटाएर पर्यटनको लागि देश खुला गर्ने भएको छ । एकैसाथ ठूलो संख्यामा पर्यटक भित्राउने योजनाका साथ जापानले पर्यटनको ढोका खोल्न लागेको हो ।

जीवन्त शहरी संस्कृति र प्राकृतिक सौन्दर्यको अद्वितीय मिश्रणको लागि लोकप्रिय जापानमा विदेशी पर्यटकका लागि लगाइएका कडा प्रतिबन्ध हटाउन लागिएको जापानका डिजिटल मामिलामन्त्री तारो कोनोले बिहीवार ट्वीटमार्फत जानकारी दिएका छन् ।

‘अन्ततः, जापानले सीमा खोल्दैछ’, ट्वीटमा भनिएको छ, ‘भिसा वेभर पुनः लागू हुँदैछ, कुनै दैनिक सीमा छैन ।’ यो नयाँ नीति अक्टोबर ११ बाट कार्यान्वयनमा आउनेछ ।

‘हामी जापानमा प्रवेश गर्नेको संख्याको अधिकतम सीमा हटाउनेछौँ, व्यक्तिगत यात्रामा लगाइएको प्रतिबन्ध र भिसारहित यात्रामा लगाइएको प्रतिबन्ध हटाउनेछौँ,’ प्रधानमन्त्री फुमियो किशिदाले बिहीवार न्यूयोर्क शहरमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए।  संयुक्त राष्ट्रसंघ महासभा बैठकमा भाग लिन उनी त्यहाँ पुगेका थिए ।

कोभिड-१९ प्रतिबन्धको लगभग साढे २ वर्षपछि यो एक प्रमुख नीति परिवर्तन हो । यसअघि जापाले कुन परिस्थितिमा कुन व्यक्ति देश प्रवेश गर्न पाउने भन्नेबारे कडा नियमहरु लागू गरेको थियो।

तपाईको प्रतिक्रिया