शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – वीरगन्जको प्रभु अस्पतालमा हालै एक महिलाले एकैपटक ३ वटा बच्चा जन्माएकी छन् । १० वर्षको प्रतिक्षापछि प्रभु हस्पिटलमा सन्तान प्राप्तिका लागि उपचाररत ललिता देवीले सोही अस्पतालमा बच्चा जन्माएकी हुन् ।

पर्सा जिल्लाको पर्सागढी नगरपलिका-९ का वृज चौधरीकी श्रीमती ललिता देवी थरुनी आइभीएफ प्रविधि प्रयोग गरेर गर्भधारण गरेकी थिइन् । आइतबार एकैपटक ३ वटा छोरा पाएकी हुन् । १० वर्षदेखि विभिन्न अस्पताल उनले सन्तान पाउन उपचार गराएकी थिइन् ।

सफलता नपाएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको थियो । आर्थिक अवस्था कमजोर भएका थरुनीलाई अस्पतालले चिकित्सक समूह खटाएर शल्यक्रिया गरी सकुशल बच्चा निकालेको थियो । अस्पतालकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापाको टिमले शल्यक्रिया गरेर तीनवटै बच्चा पाउन सफल भएको हो ।

जोखिम मानिएको अप्रेसन प्रभु हस्पिटलका एनेथेसियाका डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा. नविन झा लगायतको टिमले सफल पारेको अस्पतालले जनाएको छ । आमा तथा तीनवटै बच्चाको स्वास्थ्य अवस्था समान्य रहेको अस्पतालले जनाएको छ ।***

 

तपाईको प्रतिक्रिया