शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – जापानमा रहेका नेपालीहरुका लागि भिसा, यहाँको करप्रणाली, व्यवसायिक कारोवारको लेखा व्यवस्थापन र सो संग सम्बन्धित लाग्ने कर लगायतका विविध बिषयमा जानकारी होस भन्ने उद्देश्यले सुरु गरिएको स्तम्भ ‘हेलो सेन्सेइ !’ मा यसपटक हामी जापान प्रवेश पछि कर निशुल्क हुन सक्ने प्रावधानका बारेमा जानकारी गराउने प्रयास गरिएको छ । सामान्यतयाः जापानमा किनमेल गर्दा १ प्रतिशत वा ८ प्रतिशत उपभोक्ता कर तिर्नुपर्ने पर्ने हुन्छ तर विदेशी पर्यटकहरूको हकमा उपहार लगायत आफ्नो देशमा लाने किनमेलका लागि उपभोक्ता कर लाग्दैन र यसलाई कर छूट भनिन्छ ।
कर छूटको प्रक्रिया गर्न सकिने ब्यक्ति :
१. विदेशी पर्यटक
२. जापान प्रवेश गरेपछि ६ महिना भित्र काम नगरेको ब्यक्ति
३. प्रवेश पछिको ६ महिना भित्रको विदेशी बिद्यार्थीले पनि यो प्रक्रिया गर्न सक्दछन् तर आरुबाइतो गर्ने ब्यक्तिले भने यो प्रक्रिया गर्न पाउँदैनन् ।
अर्को बर्ष २०२३ को ४ महिनाबाट यो प्रक्रिया बिदेशी पर्यटकले मात्र गर्न सक्छन् भने जापान प्रवेश गरेको ६ महिना भित्रका विदेशी अन्तरराष्ट्रिय बिद्यार्थीले भने गर्न नमिल्ने हुने भएको छ ।

कर छूट प्रक्रिया गर्न मिल्ने वस्तुः
१. सामान्य सामान(General Goods) विद्युतीय वस्तुहरू (टिभी, माइक्रोवेभ ओभन, पर्सनल कम्प्युटर, अडियो आदि), घडी, लुगा, जुत्ता, झोला, सामान, गहना, भित्री वस्त्र आदि ।
२. उपभोग्य वस्तुहरू : खाना, पेय पदार्थ, औषधि, कस्मेटिक वस्तु, चुरोट आदि । कामका लागि प्रयोग गरिने वा अरूलाई बेच्ने वस्तुहरू कर छूटका लागि प्रक्रिया गर्न मिल्दैन ।
कर छूटका लागि प्रक्रिया गर्न सकिने रकम :
१. सामान्य सामानहरूको हकमा एउटै पसलमा एकै दिनमा ५ हजार येन वा सोभन्दा बढी किनमेल गर्दा
२. उपभोग्य वस्तुहरूको हकमा एउटै पसलमा एकै दिनमा ५ हजार येन वा बढीमा ५० हजार येन सम्म वा सो भन्दा कम किनमेल गर्दा ।
यो कर छूट प्राप्त गर्न सकिने अनुमति प्राप्त स्टोरमा (पसल) जानुपर्दछ । पसलका कर्मचारीहरूलाई आफ्नो राहदानी देखाउनुपर्छ । कर्मचारीले ग्राहकको विवरण इलेक्ट्रोनिक माध्यमबाट जापान सरकारलाई जानकारी गराउने छन् ।
(१) सामान्य सामानका लागि जापानमा पसलबाट प्राप्त गर्ने झोला खोलेर प्रयोग गर्न सक्नुहुन्छ तर तपाई जापानबाट फर्कदा यसलाई आफ्नो देशमा फिर्ता लैजानुपर्ने हुन्छ ।
(२) उपभोग्य वस्तुहरूका लागि भने जापानमा हुँदा पसलको झोला खोल्न पाइने छैन । किनमेल गरेपछि जापान ३० दिन भित्र छोड्नुपर्छ र आफ्नो देशमा फिर्ता लैजानुपर्छ ।
(३) कर छूट भएका वस्तुहरू जापानमा अरूलाई दिन वा बेच्न पाईनेछैन । यदि जापान छोड्दा, कर छूटको प्रक्रिया गरिएका वस्तुहरू आफूसंग नभए कर-छूट रद्द हुन्छ र उपभोग कर तिर्नुपर्दछ ।
दुई वर्ष अघिदेखि कर-छूटको प्रक्रियाहरू इलेक्ट्रोनिक अनलाईन प्रक्रियाबाट सुरू गरिएकोले जापान सरकारले कम्प्युटरद्वारा कर छूट व्यवस्थापन गरेको छ ।
केही समय अगाडिको समाचार अनुसार बिदेशी पर्यटकले जापानमा हुने चिनजानको साथीले अनुरोध गरी कर छूट प्रयोग गरी किनमेल गरेको सामान चिनजानको साथीलाई बेचेको केश बाहिर आएको थियो, यसो गर्नु सरासर अपराध हो । यसैगरी एक अर्को समाचारमा अन्तर्राष्ट्रिय बिद्यार्थीले कर छूटको सुबिधा प्रयोग गरी खरिद गरेको सामानलाई उपभोग कर थपेर जापानमा बेचेको घटना सार्बजनिक भएको थियो । यसो गरिनु पनि अपराध हो । जापान सरकारले कम्प्यूटर मार्फत कर छूटको व्यवस्थापन गर्ने हुँदा कुन ब्यक्ति कहिले जापान छोड्यो र जापान छोड्ने बेला कर छूटको सुबिधा उपयोग गरि किनेको सबै सामान ऊ संग छ कि छैन भनेर विमानस्थलमा चेकजाँच गर्न सक्दछन् ।***

यो पनि पढ्नुहोस् :
हेल्लो सेन्सेइ – (५२) भिजिट भिसामा आफन्तलाई यसरी बोलाउन सकिन्छ जापान
हेलो सेन्सेइ -(५१) जापानको महंगो उपचार खर्च र राज्यको ब्यवस्थापन
हेलो सेन्सेइ -(५०) सुत्केरी हुनुपूर्व र भएपछि यस्तो छ नियम जापानमा
हेलो सेन्सेइ – (४९) यी हुन् : भिसा प्रक्रियामा अबदेखि आवश्यक पर्न सक्ने थप कागजात
हेलो सेन्सेइ – (४८) जापानमा यसकारण अनिवार्य : श्रम तथा रोजगार बीमा
हेलो सेन्सेइ – (४७) यसरी गरिन्छ, वर्षान्त समायोजन (नेन्माचु च्योउसेइ)
हेलो सेन्सेइ – (४६) यस्ता छन् – अक्टुबरदेखि जापानमा फेरिएका नयाँ नियम
हेल्लो सेन्सेइ (४५) यसकारण गरिन्छ – कर कार्यालयद्वारा छड्के चेकजाँच
हेल्लो सेन्सेइ-(४४) नेपाल गएको बेला भिसा सकिए के गर्ने ?
हेल्लो सेन्सेइ- (४३) यसरी हुन्छ, कम्पनीहरुमा छड्के चेकजाँच
हेलो सेन्सेइ – (४२) महामारीले कम्पनी टाँट पल्टिएर बैंकको कर्जा तिर्न नसके के गर्ने ?
हेलो सेन्सेइ – (४१) महामारीले कम्पनी बन्द भए बैंकको कर्जा के हुन्छ ?
हेलो सेन्सेइ – (४०) जापानमा यसरी निर्धारण हुन्छ, उत्तराधिकारी कर
हेलो सेन्सेइ – (३९) जापानमा यसकारण टाँस्नुपर्छ- ’स्युन्यु इन्शी’
हेलो सेन्सेइ – (३८) यसकारण महत्वपूर्ण छ, जापानमा स्याखाइ होउकेन 
हेलो सेन्सेइ – (३७)  कल्याणकारी ऋण सहायता: यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३६)  उपहार, ऋण र राहत रकममा पनि कर ? यस्तो छ प्रावधान
हेलो सेन्सेइ – (३५) जापानमा रोजगारी सम्झौता र श्रम नियमहरु
हेलो सेन्सेइ – (३४) होउकेनको बिल समयमै तिरौं, नत्र भिसामा समस्या पर्न सक्ने
हेल्लो सेन्सेइ – (३३) यसरी हुन्छ जापानमा, आय कर निर्धारण
हेल्लो सेन्सेइ – (३२) यस्तो छ जापानमा, कर फिर्ता प्रक्रिया
हेल्लो सेन्सेइ – (३१) हाकेन कम्पनी दर्ता प्रक्रिया यस्तो छ :
हेल्लो सेन्सेइ – (३०) जापानमा जनशक्ति प्रदायक ब्यवसायिक अनुमति यसरी लिन सकिन्छ
हेल्लो सेन्सेइ – (२९) यस्तो छ , जापानमा मासिक तिर्नुपर्ने आयकरका प्रकार
हेल्लो सेन्सेइ – (२८) जापानमा न्यूनतम श्रम मूल्य निर्धारण यस्तो छ, ..
हेल्लो सेन्सेइ – (२७) कार्यरत कम्पनी परिवर्तन गर्नुपर्दा…….
हेल्लो सेन्सेइ – (२६) डिपेन्डेन्ट भिसा रिजेक्ट हुनुको कारण, यस्तो छ !
हेल्लो सेन्सेइ – (२५) ब्यवसायिक कर यसरी सस्तो गर्न सकिन्छ !
हेल्लो सेन्सेइ – (२४) यसरी लिन सकिन्छ, जापानमा ब्यवसायिक इजाजत पत्र
हेल्लो सेन्सेइ – (२३)जापानमा कोरोना विशेष विदा भत्ताको सुविधा, यस्तो छः
हेल्लो सेन्सेइ – (२२) जापानमा सुत्केरी भत्ता र बिदाको सुबिधा
हेल्लो सेन्सेइ – (२१) यस्ता छन् जापानमा, श्रम वीमाका सुबिधाहरु
हेल्लो सेन्सेइ – (२०) यसकारण, अनिवार्य छ जापानमा,  श्रम तथा रोजगार वीमा
हेल्लो सेन्सेइ – (१९)  यस्तो छ, जापानमा रोजगार वीमाको सुबिधा
हेल्लो सेन्सेइ – (१८) यस्तो छ जापानमा, श्रमअधिकारको ग्यारेन्टी
हेल्लो सेन्सेइ – (१७) यसकारण जरुरी, भिसाका लागि कम्पनीको मजबुत आर्थिक पाटो
हेल्लो सेन्सेइ – (१६) यसरी पनि एप्लाई गर्न सकिन्छ, बिजनेश भिसा !
हेल्लो सेन्सेइ – (१५) यसरी बनाउन सकिन्छ, जापानमा बिजनेश भिसा !

हेल्लो सेन्सेइ – भाग (१४) यस्तो छ, जापानमा बिबाह दर्ता तथा सम्बन्ध बिच्छेद प्रक्रिया
हेलो सेन्सेइ- भाग (१३) यसकारण आवश्यक हुन्छ, रि-इन्ट्री भिसा
हेल्लो सेन्सेइ-! भाग (१२): विद्यार्थीले डिपेन्डेन्ट बोलाउन यस्तो छ: प्रावधान
हेल्लो सेन्सेइ ! भाग (११) यसरी लिन सकिन्छ, विदेशीले जापानी पासपोर्ट !
हेल्लो सेन्सेइ -१० यस्तो छ : जापानमा स्याकाइ होउकेनको अनिवार्यता र प्रावधान ! 
हेल्लो सेन्सेइ ! भाग -(९) अक्टुवर १ देखि बढेको १० प्रतिशत उपभोक्ता कर र यसले जनजीवनमा पर्ने प्रभाव  
हेल्लो सेन्सेइ ! भाग -(८) अक्टोबर १ तारिखबाट बढेको १० प्रतिशत उपभोक्ता कर भनेको के हो ?  
हेल्लो सेन्सेइ ! भाग-(७) यसरी बोलाउन सकिन्छ, डिपेन्डेन्ट भिसामा आफन्तलाई !
हेल्लो सेन्सेइ ! भाग ६) यस्तो छ, डिपेन्डेन्ट भिसा हुनेहरुले काम गर्न पाउने निर्धारित प्रावधान
हेल्लो सेन्सेइ ! भाग (५) जापानको स्थायी भिसा (एइज्युकेन) भएमा के के सुविधा पाईन्छ  ?
हेल्लो सेन्सेइ ! भाग (४) जापानको स्थायी भिसा (एइज्युकेन) एप्लाई सम्बन्धि परिवर्तित नियममा के छ ?
हेल्लो सेन्सेइ ! भाग (३) : गेन्सेनच्योउस्युहृयोउ भनेको के हो ? 
हेल्लो सेन्सेइ ! – भाग (२) : जापानमा लाग्ने आयकर भनेको के हो ? यो कस्तो अवस्थामा सस्तो हुन्छ ? 
हेल्लो सेन्सेइ ! – भाग- (१) : भिसा थप्ने बेलामा कुयाक्शो (सिटी कार्यालय) बाट निकाल्नुपर्ने कागजातहरु के के हुन ? 

Resource Person: Ogawa Bunkei
Translated by: Bishnu Tiwari
Licensed tax accountant, Gyoseisyoshi Lawyer
Email: ogawa@saitama-kaikei.net or samudra@samudrapari.com
Tel: 03-6903-8817 Mob.070-4339-4972

तपाईको प्रतिक्रिया