सोमबार, मंसिर १२, २०७९
Monday, November 28, 2022

टोकियो – जापानले भिसा रहित तथा स्वतन्त्र पर्यटकलाई पनि आफ्नो सिमाना खुलाएको छ । साथै अक्टोबर ११ देखि दैनिक देश प्रवेश गर्ने विदेशी आगन्तुकको संख्यामा लागू सीमा पनि हट्ने जापानका प्रधानमन्त्री फुमियो किशिदाले घोषणा गरेका हुन् ।

यी नियम लागु भएसँगै जापान सरकारले कोभिड-१९ संक्रमणको विस्तार रोक्न अढाई वर्षअघि लागू गरेका लगभग सबै नियमहरु हट्नेछन् । जापान सरकारले कोभिड-१९ को संक्रमणका कारण स्थगित भएको राष्ट्रव्यापी यात्रा छुट कार्यक्रम पनि अक्टोबर ११ बाट सुरु गर्ने भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका किशिदाले त्यहीबाट यी महत्वपूर्ण घोषणा गरेका हुन् । ‘धेरै मानिसहरूले नयाँ नीतिको फाइदा लिनेछन् भन्ने मेरो आशा छ । म कोरोनाभाइरसले निम्त्याएको महामारीमा सबैभन्दा प्रभावित यातायात, मनोरञ्जन र अन्य उद्योगहरूलाई सहयोग गर्न चाहन्छु,’ प्रधानमन्त्री किशिदाले पत्रकार सम्मेलनमा भने ।

जापानले जुन महिनादेखि पर्यटकहरूलाई देश प्रवेश दिन थालेको थियो । पहिलो चरणमा गाइड भएका पर्यटकको लागि मात्र सीमा खोलिएको थियो । सेप्टेम्बर ७ देखि सरकारले दर्ता गरिएका ट्राभल एजेन्सीमार्फत विमान तथा होटल बुक गर्ने गाईड-बिनाका पर्यटकहरूलाई सिमाना खुलाइयो । तर ती मार्ग धेरै विदेशी पर्यटकहरूमाझ अलोकप्रिय भएपछि पर्यटन उद्योगले सरकारलाई प्रतिबन्ध हटाउन दबाब दिइरहेको थियो ।

तपाईको प्रतिक्रिया