Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

काठमाडौं – संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा र्‍याली निकालेको छ ।संघले राष्ट्रपतिको कामलाई ऐतिहासिक कदमको संज्ञा दिएको छ । युवा संघ नेपालले मुलुक बचाउने काम राष्ट्रपतिबाट भएको भन्दै समर्थनमा र्‍याली निकालेका हुन् । युवा संघले राष्ट्रपतिलाई विवादमा तान्ने काम नगर्न गठबन्धनलाई चेतावनी समेत दिएको छ ।बुधबार काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले नागरिकता विधेयक राष्ट्रघाती भएकाले राष्ट्रपतिले प्रमाणीकरण नगरेर मुलुकको हितमा काम गरेको भन्दै र्‍याली निकालेका हुन् । काठमाडौंको बबरमहलबाट शुरु भएको र्‍याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा एमाले नेता महेश बस्नेतले राष्ट्रपतिले अहिले देशको हितमा काम गरे पनि गठबन्धनबाट आक्रमण र अपमान गर्न खोजिएको बताए । उनले राष्ट्रको हितमा काम गर्दा विरोध भए कुनै फरक नपर्ने बताए ।त्यस्तै, युवा संघका अध्यक्ष किरण पौडेलले राष्ट्रियताका सवालमा अझै क्रुर, सशक्त भएर अघि बढ्न सुझाव दिए । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमको एमालेले समर्थन गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया