बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

टोकियो – स्रष्टा/सर्जक गृष्मा पौड्यालको ‘बाली सिंगापर…’ रारा म्युजिक अवार्ड २०७९ को टप ५ मा उत्कृष्ट पाँचमा परेको छ । जापानमा बसेर साहित्यिक, शिक्षा तथा सामाजिक विधामा कलम चलाउँदै आएकी पौड्यालको गीत उत्कृष्ट पाँचमा परेको हो ।

आयोजक संस्था कर्णाली कलाकार समाज तथा कनका सुन्दरी फिल्मस् प्रालिले यही महिना काठमाडौँमा आयोजना गर्ने अवार्डका लागि पौड्यालको गीत छनौट भएको छ । पौड्याल विगत २५ वर्षदेखि जापानको टोकियोमा रहेर साहित्यमा कलम चलाउँदै आएकी छिन् ।

हालसालै उनको अर्को गीत ‘यति धेरै माया मेरो…’ सार्वजनिक भएको छ । ‘बाली सिंगापुर…’ बोलको गीतले यस वर्षको रारा म्युजिक अवार्डको उत्कृष्ट पाँचमा परेको हो ।

अवार्डका लागि भाषा, भाषी, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गीत गरी चार विधामा नोमिनेसन खुला गरिएको थियो । आयोजक संस्था कर्णाली कलाकार समाजका अध्यक्ष कलाकार पदमबहादुर रोकायाका अनुसार अवार्डमा एसएमएस भोटिङको मत ४० प्रतिशत, निर्णायक मण्डलको मूल्याङ्कन ५० र आयोजकको १० प्रतिशत गणना हुनेछ ।

तपाईको प्रतिक्रिया