काठमाडौँ – सत्ताधारी गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीकाे कदम असंवैधानिक रहेकाे निष्कर्ष निकालेको छ । सत्ताधारी गठबन्धनकाे बैठकले राष्ट्रपतिकाे उक्त कदम असंवैधानिक भएकाे निष्कर्ष निकालेकाे हाे । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले राष्ट्रपतिकाे उक्त कदमबारे वक्तव्य निकाल्ने तयारी समेत गरेकाे छ ।
२९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा राष्ट्रपतिले फर्कादिएकाे नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रय सभाले हुबहु पास गरी पुनः प्रमाणीकरणका लागि पठाएकाे थियाे । कानुनअनुसार १५ दिनभित्र राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने भए पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि अहिले विभिन्न माध्यममा उनका पक्ष र विपक्षमा विमर्श भइरहेकाे छ ।