Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – जापानमा उद्धारकर्ताहरूले शक्तिशाली समुद्री आँधीका कारण थप बाढी र पहिरो आउन सक्ने चेतावनी दिएका छन् । टाइफून नान्मादोल नाम दिइएको उक्त समुद्री आँधी जापानको दक्षिणी टापु क्युशुमा आइतवार बिहान बज्रिएपछि तीव्र गतिमा अघि बढिरहेको छ ।उक्त समुद्री आँधीका कारण अहिलेसम्म क्युशुमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी मानिस घाइते भएका छन् । यसअघि टाइफून नान्मादोलको प्रकोपबाट जोगिन ९० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको थियो । अझै एक लाख चालिस हजार घरमा विद्युत् आपूर्ति छैन ।आगामी २४ घण्टामा ४०० मिलिमिटर पानी पर्ने पूर्वानुमान गरिएको छ । सरकारी प्रसारक एनएचकेका अनुसार बाढीमा एउटा कार डुबेपछि एक जनाको र पहिरोमा पुरिएर अर्का व्यक्तिको मृत्यु भएको थियो ।उक्त शक्तिशाली समुद्री आँधीका कारण २३४ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चलेको छ । हावाहुरीका कारण घरहरूमा क्षति पुगेको छ र यातायात अवरुद्ध भएको छ । यो समुद्री आँधीलाई चौथो वा पाँचौ वर्गको हरिकन जत्तिकै शक्तिशाली मानिएको छ ।राजधानी टोक्योमा पनि ठूलो वर्षा भएको छ। बाढीका कारण टोजाई अन्डरग्राउन्ड लाइन बन्द भएको छ । बुलेट रेल सेवा, फेरी र सयौँ उडानहरू रद्द भएका छन् । पसल र व्यवसायहरू पनि खुल्न सकेका छैनन् । टोक्योमा खिचिएको भिडिओमा भवनहरूका छाना उडेको र बिलबोर्डहरू भत्किएको देख्न सकिन्छ ।समुद्री आँधीका कारण देशमा सङ्कट निम्तिएपछि प्रधानमन्त्री फोमिओ किशिदाले आफ्नो विदेश भ्रमण पर सारेका छन् । उनी संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गर्न न्यूयोर्क जाने तय भएको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया