बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

काठमाडौं – सबैभन्दा लामो अन्तरिक्ष यात्राको कीर्तिमान राख्ने रुसी अन्तरिक्ष यात्रीको ८० वर्षको उमेरमा निधन भएको छ । भ्यालेरी पोल्याकोभले मिर स्पेस स्टेशनमा सन् १९९४ देखि १९९५ सम्म पृथ्वीको परिक्रमा गरी ४३७ दिन बिताएका थिए ।

उनले मंगल ग्रहको लामो यात्रा गर्ने हो भने मानिसले आफ्नो मानसिक स्वास्थ्य कायम राख्न सक्छन् कि सक्दैनन् भनेर परीक्षण गरेका थिए । पोल्याकोभको मृत्यु रुसी अन्तरिक्ष एजेन्सीले घोषणा गरेको थियो ।

सोभियत संघको नायक र युएसएसआरको पायलट–कस्मोन सहितका उपाधि सो निकायले दिएको थियो । उनको मृत्युको कारण खुलासा गरिएको छैन ।

तपाईको प्रतिक्रिया