बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

टोकियो – चामललाई पानीमा उमालेर भातका रुपमा खाने चलन संसारभर छ । १ सयभन्दा बढी देशहरुमा यो मुख्य खानाको रुपमा पर्दछ । नेपाललगायतका एसियाली देशहरुमा धेरैका घरमा दुई छाक भात पाक्छ । जापानी संस्कृतिमा भातले महत्वपूर्ण भूमिका खेल्छ । जापानीहरूका लागि ऊर्जाको मुख्य स्रोत नै भात हो ।

नेपालमा प्रायः हामी फरर परेका, लामो दानाको भात राम्रो मान्दछौ र निस्तो भात मात्र खाने खासै चलन छैन । भातको साथमा विभिन्न परिकारहरू साग सब्जी र गेडागुडी खान्छौं अन्यथा यो अलि खल्लो लाग्दछ । तर जापानमा, चामल आफैंमा स्वादिलो हुन्छ । विशेष गरी निगाता प्रिफेक्चरको कोशिहिकारी चामलको भात सानोतिनो साइड डिससंग मज्जाले फुक्का खान सकिन्छ । समुद्र र पहाडको बीचमा रहेको क्षेत्र निगाताको कोशिहिकारी चामल अद्वितीय मौसममा खेती हुने भएकोले यो वास्तवमै स्वादले भरिएको हुन्छ । चिपचिपापन यसको सबैभन्दा महत्वपूर्ण विशेषताहरू मध्ये एक हो । नरम, चिप्चिपे अनि सुगन्धित र प्राकृतिक मिठासले भरिएको निगाताको कोशिहिकारी चामलको भात हेर्दा पनि अलि टल्किने खालको हुन्छ ।जापानको अनाज निरीक्षण संघको सर्वेक्षणमा कोशिहिकारी चामल विगत तीन दशकदेखि प्रथम श्रेणीमा रहेको छ । कोशिहिकारी प्रजातिको धानको चामल निगाता प्रिफेक्चरको पहिचानको रुपमा रहेको छ । कोशिहिकारी धानको चामल जापान बाहेक संयुक्त राज्य अमेरिका, चीन र अस्ट्रेलियामा पनि ठूलो मात्रामा उत्पादन हुने गर्दछ । तर यी क्षेत्रहरूमा उत्पादन हुने कोशिहिकारी धानको चामल तापक्रम र आर्द्रता जस्ता वातावरणीय अवस्थाले गर्दा जापानको जस्तै गुणस्तरको नहुने मानिन्छ । एजेन्सी ***

तपाईको प्रतिक्रिया