Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – तालिबान सरकारले अफगानिस्तानमा टिकटक र पब्जीमा प्रतिबन्ध लगाउने भएको छ। तालिबानले आगामी ३ महिनाभित्रै अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको हो। तालिबान सरकार केही समय अघिदेखि नै यी दुई एपमा पनि प्रतिबन्ध लगाउने पक्षमा थियो। सोमबार भने तालिवान नेतृत्वको दूरसञ्चार विभागले यी एपहरूमा प्रतिबन्ध घोषणा गरेको हो।

विभागका अनुसार अबको एक महिनाभित्र टिकटक र तीन महिना अर्थात् ९० दिनभित्र पब्जीमा प्रतिबन्ध लगाइनेछ।  अफगानिस्तानको दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूले प्रतिबन्धसम्बन्धि जानकारी गराइरहेका छन्। अफगानिस्तानमा तालिवान सरकार आएसँगै हालसम्म सयौं मिडिया र वेबसाइटहरू बन्द भइसकेका छन्।

तालिवान दूरसञ्चार मन्त्रालयका अनुसार हालसम्म सरकारले दुई करोड ३५ लाख बढी विभिन्न विधाको वेबसाइट ब्लक गरिसकेको छ।  तालिवानले यसपटक प्रतिबन्ध लगाउने भनेको सामाजिक सञ्चाल टिकटक एक भिडिओ सेयरिङ प्लेटफर्म हो। पब्जी एक भर्चुअल गेम हो। यी दुवैको लोकप्रियता संसारभर छ। तर कतिपय राष्ट्रहरूले यसमा प्रतिबन्ध लगाइरहेका छन्।

तपाईको प्रतिक्रिया