बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेन महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिअघि लन्डन पुगेका छन् । महारानीको अन्त्येष्टिमा सहभागी हुन आउने करिब ५०० राष्ट्र प्रमुखहरू र विदेशी विशिष्ट व्यक्तिमध्ये बाइडेन पनि हुन् ।

यसअघि क्यानडा, अस्ट्रेलिया र न्युजिल्याण्डका प्रधानमन्त्रीहरू यसअघि नै बेलायतमा छन् । साउदी युवराज मोहमद बिन सलमानलगायतका केही अतिथिलाई बोलाइएको विषयमा विवाद बढेको छ । अन्त्येष्टि समारोहमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिंघे र भारतीय राष्ट्रपति दौपदी मुर्मु सहभागी हुनेछिन् ।

त्यस्तै, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन राष्ट्रपति फ्रान्क–वाल्टर स्टाइनमेयर र इटालीका राष्ट्रपति सर्जियो माटारेला पनि सहभागी हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया