शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – नेकपा एमालेले आज काठमाडौंमा वाकथन (पदयात्रा) गरेको छ । संविधान दिवसको पूर्वसन्ध्यामा एमालेले वाकथन गरेको हो ।पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको थियाे । अध्यक्ष केपी शर्मा ओली आफैँले पदयात्राको नेतृत्व गरे । उनको साथमा पत्नी राधिका शाक्य पनि पुगेकी छन् ।यही असोज ३ गते को संविधान दिवसलाई राष्ट्रव्यापी रुफमा मनाउने र त्यसकै सन्देश दिनलाई काठमाडौँ उपत्यकामा पदयात्रा गरिएको एमालेले जनाएको छ ।

तपाईको प्रतिक्रिया