बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022
काठमाडौं अनधिकृत भौतिक संरचना भत्काउे क्रममा काठमाडौ महानगरपालिकाको टोलीले बिहीबार जय नेपाल हल पुगेको थियो । महानगरले नक्साअनुसार खोला अतिक्रमण गरेर भौतिक संरचना बनाएको स्थानीयको मागबमोजिम हलको कम्पाउन्डभित्र डोजर चलाएको थियो ।

हलको कम्पाउण्ड खनेर खोला उत्खनन् गर्नेक्रममा करिब १५ फिटको गहिराइमा टुकुचा खोला फेला परेको थियो । टुकुचा खोला यसक्षेत्रमा गायब भएपछि स्थानीयहरुले खोला उत्खनन्को माग गर्दै आएका थिए ।

महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन ३५ दिने निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया