Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – जापानका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी विमान काठमाडौंमै फर्किएको छ । १ सय ८४ यात्रु बोकेर नारितातर्फ उडेको विमान कार्गो सामान राखिने कम्पार्टमेन्टमा धुवाँ देखिएपछि काठमाडौंमै फर्काइएको हो ।

निगम स्रोतकाअनुसार मंगलबार राति ११ बजे नारिताका लागि उडेको आरए ४३३ उडान नम्बरको उडान काठमाडौं विमानस्थल छाडेको आधा घण्टामै फर्किएको थियो । कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको ककपिटमा संकेत देखिएपछि चालकदलले जहाज काठमाडौं नै फर्काएका हुन् ।

प्राविधिकहरूले विमानमा देखिएको समस्याबारे अध्ययन गरिरहेका छन् । मर्मतपछि आजै विमान नारिता उडाउने तयारी गरिरहेको निगमको विमानस्थल कार्यालयले जनाएको छ । चालकदलले जहाज काठमाडौंमा अवतरण गएपछि निगमले अर्को जहाज नभएका कारण ती यात्रुहरूलाई राति सिनामंगलमा रहेको एयरपोर्ट होटल र ज्ञानेश्वरको काभेरी इन होटलमा राखेको थियो । ***

तपाईको प्रतिक्रिया