शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

टोकियो – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको तेस्रो अधिवेशन यही सेप्टेम्बर २५ तारिख आइतबारका  दिन टोकियोमा हुने भएको छ । ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण स्रष्टाको सम्मान र नवप्रतिभाको प्रोत्साहन’ भन्ने भाव आत्मसाथ गर्दै साथ २०१७ सालमा स्थापित प्रतिष्ठान जापान शाखाको तेस्रो अधिवेशन २५ तारिखका दिन टोकियोको सोल्मारी मुरा हलमा हुने भएको हो ।

आफ्नो मौलिक लोक गीत संगीतको संरक्षण र सम्वद्र्धनको लागि महत्त्वपूर्ण कामहरू गर्दै आइरहेको प्रतिष्ठान जापान शाखाले तीन वर्षकोबीचमा विभिन्न सांस्कृतिक कार्यक्रम, कोरोनाको राहत,आपत् विपद्मा परेकाहरूलाई पनि आर्थिक र नैतिक सहयोगहरू गरिरहेको छ ।

कार्यकालमा कोरोना महामारीले गर्दा चाहे अनुसारको काम गर्न नसकेता पनि उल्लेख्य रचनात्मक र सहयोगका कामहरू गरेर जापान  शाखालाई अझ उचोस्थानमा राखिरहेका लागि आफूलगायत आफ्नो सम्पूर्ण कार्यसमिति लागि रहेको अध्यक्ष सूर्य खड्काले बताए ।

तेस्रो अधिवेशनको तयारी तीव्र भइरहेकोको जानकारी दिनु हुँदै संस्थाका सचिव माधव सिग्देलले अधिवेशन भव्य र सव्य बनाउन जापानका विभिन्न संघ संस्था, लोक संस्कृतिलाई मन पराउने  सम्पूर्णलाई उपस्थितिका लागि समेत अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया