बुधबार, आश्विन १२, २०७९
Wednesday, September 28, 2022

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेट अनुसार ३८३६ जनामा परीक्षण गर्दा २३० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै १९५६ नमुनाको पीसीआर परीक्षण गर्दा १२८ जनामा र १८८० नमुनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७८ जना संक्रमित निको भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २ हजार ५ सय ५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा १२ हजार ९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया