शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडाैं – मोबाइल क्यामेराको विषयमा कुरा गर्ने हो भने प्रायजसो आईफोनको क्यामेरालाई उत्कृष्ट मान्ने गरिन्छ । तर डीएक्सओमार्कले हालै गरेको एक अध्ययनमा आईफोन १३ प्रो म्याक्सभन्दा साओमी १२ एस अल्ट्राको क्यामेरा राम्रो रहेको पाइएको हाे ।

जुलाईको सुरुमा नै साओमीले आफ्नो १२ एस सिरिजको स्मार्टफोनहरू; साओमी १२ एस, साओमी १२ एस प्रो र साओमी १२ एस अल्ट्रा सार्वजनिक गरेको थियो । यीमध्ये साओमी १२ एस अल्ट्राको क्यामेराले भने उत्कृष्ट क्यामेराको उपाधि पाएको छ ।

साओमी १२ एस अल्ट्राको क्यामेराले कुल १३८ नम्बर प्राप्त गरेको छ । जबकी आईफोन १३ प्रो म्याक्सले कुल १३७ नम्बर मात्र प्राप्त गरेको छ । यति हुँदाहुँदै पनि साओमी १२ एस अल्ट्र उत्कृष्ट क्यामेरा भएको फोनको सूचीमा पाँचौं नम्बरमा पर्छ ।

तपाईको प्रतिक्रिया