काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको प्रधानमन्त्री बन्न लाग्नु भएका लिज ट्रसलाई अग्रिम बधाइ ज्ञापन गर्नु भएको छ । मंगलबार बिहान आफ्नो ट्वीटरमार्फत ट्रसको सफल कार्यकालको शुभकामना दिनुहुँदै प्रधानमन्त्री देउवाले बधाई ज्ञापन गर्नुभएको हो ।
बेलायतको कन्जरभेटिभ पार्टीका नेत्री लिज ट्रस प्रधानमन्त्री बनेपछि बेलायतको इतिहासमा तेस्रो पटक महिला प्रधानमन्त्री चयन हुनुहुने छ । थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्न लाग्नुभएको हो । प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उहाँको दलबाट नयाँ प्रधानमन्त्रीका लागि ट्रस निर्वाचित हुनुभएको हो ।