शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

तपाईँ टेलिभिजन प्रसारणमा लाइभ हुनुहुन्छ भने तपाईँलाई हुन सक्ने सबैभन्दा खराब कुरा के हो ? अचानक आउने खोकी, हाँच्छ्युँ इत्यादि । तर, क्यानडाको ग्लोबल न्युजकी एक समाचार वाचीकाका लागि भने अनौठो समस्या परेको छ । फराह नासेरले समाचार भन्दा भन्दै मुखमा परेको झिंगा उनले निलेकी छिन् ।

भिडियोमा समाचार वाचीकाले एकैछिन समाचार रोकेको र मुख बिगारेर त्यसलाई निलेपछि पुनः वाचन सुरु गरेको देखिन्छ । झिंगो निल्नु परेकोमा आफूलाई हाँसो लागेको उनले बताएकी छिन् । उनले अगस्टको सुरुमा ओन्टारियोका प्रिमियर डग फोर्डले जनतालाई सम्बोधन गर्ने क्रममा झिंगा निलेको प्रसङ्गलाई पनि उल्लेख गरेकी छिन् ।

ट्वीटरमा सेयर गरिएको भिडियोमा टोर्नोटोकी पत्रकारले लेखेकी छिन्, ‘हामी सबैलाई आजकल हाँस्न आवश्यक छ । यो डग फोर्ड मात्र होइन, मैले आज लाइभ प्रसारणमै झिंगा निले । ’ उनले हालै पाकिस्तानमा आएको बाढी र त्यसले पु-याएको क्षतिबारे समाचार वाचन गरिरहँदा मुखभित्र झिंगा पसेको थियो । झिंगा निल्दा उनलाई असहज महसुस भएको थियो ।

उक्त घटनाबारे एक अन्तर्वार्ता उनले भनेकी छिन्, ‘मेरो घाँटीभित्र झिंगा छट्पट्याइ रहेको थियो । त्यसलाई निल्न मलाई असहज भएको थियो ।

तपाईको प्रतिक्रिया