काठमाडौं – सिट बाँडफाँट टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । बिहान ९ बजेपछि देउवा र प्रचण्डबीच सिट बाँडफाँट लगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।
सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बन्दै गएको छ। आजै सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक पनि बस्दैछ।