शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

काठमाडौं – काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरबाट डिजिटल बाेर्ड हटाएकाे छ । सेन्टरले मापदण्डविपरीत डिजिटल बोर्ड राखेकाे भन्दै महानगरले उक्त बाेर्ड हटाएकाे हाे ।

महानगरपालिकाबाट गएकाे प्रहरी टाेलीले उक्त बोर्ड हटाएकाे हाे । मेयर बालेन्द्र शाहकाे निर्देशनपछि प्रहरी टाेली उक्त अनियानमा खटिएकाे शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली ट्रेड सेन्टर गएको हाे ।

तपाईको प्रतिक्रिया