Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

नागोया – जापानको नागोया शहरमा हुन लागेको नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छन् । फेस्टिभल प्रचारप्रसार समितिका उपसंयोजक प्रतीक कार्कीकाअनुसार आयोजक समितिको क्रियाशीलताका कारण फेस्टिभलको तयारी सोचे भन्दा छिटाे पूरा भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘अब केही साना मसिना काम मात्र बाँकी छ, त्यो पनि निर्धारित समयमानै सकिन्छ’ उनले भने । त्यस्तै सेप्टेम्बर ३ तारिख शनिबार र ४ तारिख आइतबार हुने नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको एनआरएनए नागोयाका संयोजक मनोजबम मल्लले बताए ।

फेस्टिभल नागोयाको मुटु साकायको स्थित इडिओन हिसाया स्वायर पार्कमा हुँदैछ । यो फेस्टिभल नागोयामा दोस्रो पटक आयोजना लागेको हो । एनआरएनए क्षेत्रीय समिति नागोया र नेपाली राजदूतावास टोकियोको संयुक्त आयोजनामा हुने उक्त फेस्टिभलमा स्थानीय संघसंस्था तथा व्यक्तिहरूको समेत उत्साहजनक साथ-सहयोग रहेको एनआरएनए नागोयाका उपसंयोजक कृष्ण गौतमले बताए ।

फेस्टिभलको आयव्ययलाई पारदर्शी गर्दै फेस्टिभल सकिनासाथ सार्वजनिक गरिने फेस्टिभल आयोजक समितिका आर्थिक संयोजक डिलाराम खरेलको भनाई छ । फेस्टिभलको सम्पूर्ण आम्दानी खर्च बैक मार्फतबाट गरिएको उनी बताउँछन् ।

फेस्टिभलमा नेपाली रेस्टुरेन्ट एवं अन्य सेवा प्रदायक तथा व्यावसायिक सहित २७ वटा स्टलहरू रहने फेस्टिभलका स्टल व्यवस्थापन संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले जानकारी दिए । फेस्टिभलको हरेक गतिविधिमा सिस्टम र पारदर्शीताकलाई ध्यानमा राखेर कार्य गरिएको उनको धारणा छ ।

एनआरएनए आइसिसी सदस्य समेत रहेका फेस्टिभल मूल आयोजक समितिका संयोजक दीपक कार्की दोस्रो पटक नागोयामा नेपाल फेस्टिभल आयोजना गर्न पाएकोमा उत्साहित भएको बताउँछन् । जापनिज माझ नेपाल र नेपाली चिनाउने यो अभियानमा सबैबाट साथ र सहयोग रहेको उनी बताउँछन् । जापानमा भएका नेपाली फेस्टिभलमध्ये यस फेस्टिभललाई अहिलेसम्मकै भव्य बनाउन लागि परेको कार्कीको भनाई छ ।

फेस्टिभलमा नेपाली कला संस्कृति तथा पहिचानबारे विशेष प्रस्तुति रहने बताउँदै फेस्टिभल मूल आयोजक उपसंयोजक समेत रहेका अर्जुन केसीले फेस्टिभललाई सभ्य र भव्यताका साथ सम्पन्न गर्न  कुनै कसर बाँकी नराख्ने बताए । फेस्टिभलमा नेपाली कला संस्कृति झल्कने भेसभुसा, कला, खानपिन तथा रहन सहनको बारेमा प्रस्तुति रहने बताइएको छ ।

एनआरएनए जापानका सचिवसमेत रहेका फेस्टिभल आयोजक समितिका सचिव श्याम शीतलका अनुसार फेस्टिभल गर्नु मात्र ठूलो कुरा नभई, फेस्टिभलमा व्यवस्थापन कस्तो थियो भन्नेले महत्त्व राख्ने धारणा राख्छन् । त्यस्तैले फेस्टिभललाई उत्कृष्ट व्यवस्थापन गर्दै भव्य बनाइने उनले बताए । फेस्टिभलमा नेपाली मौलिक एवं नेपालीले प्रयोग गर्ने ढिकी, जाँतो, बारतली भएको घर समेत हेर्न सकिने फेस्टिभल प्रचारप्रसार समितिका संयोजक भवानी पन्तले बताए ।

जापनिज माझ नेपाल र नेपाली चिनाउने यो अभियान सबै मिलेर सफल पार्नु पर्ने उनी बताउँछन् । सेप्टेम्बर ३ तारिख फेस्टिभलल उद्घाटन समारोहमा जापानका लागी नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, लगायत विशेष व्यक्तिको उपस्थिति रहने बताइएको छ । कार्यक्रमको प्रमुख अतिथि भने नेपाल सरकारका पूर्व गृह तथा रक्षा मन्त्री डा मिलेन्द्र रिजाल रहने आयोजक समिति संयोजक दीपक कार्कीको भनाई छ ।

तपाईको प्रतिक्रिया