शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – स्कटल्याण्डमा एक जोडीलाई विवाहकै दिन सन्तान प्राप्त भएको छ । जुन २० मा डेलिभरीको मिति तोकिेको भएपनि उनीहरूलाई विवाहको दिन अर्थात् जुन २ मै सन्तान प्राप्त भएको हो ।

पाँच वर्षदेखि प्रेमसम्बन्धमा रहेका रेबेका म्याकमिलन र निक चिथमलाई यो अनौठो अवसर प्राप्त भएको हो । अचानक भएको सन्तान प्राप्तिका कारण वैवाहिक समारोह रद्द गरिएको छ । विवाह रद्द गर्दा २० लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी व्यहोर्नुपरेको भए पनि विवाहकै दिनमा पुत्रलाभ हुँदा आमा रेबेकाले खुसी व्यक्त गरेकी छन् ।

वैवाहिक समारोहका लागि करिब २०० जनाको सङ्ख्यामा उपस्थित पाहुनाहरू अप्रत्यासित घटनाका कारण फर्किएका छन् । आमा रेबेकाले आफ्नो विवाहको दिन बच्चा जन्मिनु आफ्नो जीवनकै महत्त्वपूर्ण तथा विशेष स्मरणीय घटना भएको बताएकी छन् । उनले आफ्नो छोराको नाम इयान विलियम चीथम राखेकी छन् ।

तपाईको प्रतिक्रिया