Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – विमानलाई सबैभन्दा छिटो यातायातको साधन मानिन्छ । हवाई यात्राको कारण, यसले यात्रुहरूलाई एक ठाउँबाट अर्को ठाउँमा तीव्र गतिमा पुर्याउछ । तर, यो गति कहिलेकाहीँ यसको खतरनाक कारण पनि बन्न सक्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस्तै एउटा घटना अफ्रिकी देश इथियोपियामा घटेको छ । सुडानको खार्तूमबाट इथियोपियाको राजधानी अदिस अबाबाका लागि उडेको उडानका दुवै पाइलट अवतरण गर्नुअघि नै गहिरो निद्रामा परेका थिए । जसका कारण बोइङ ७३७ विमान अदिस अबाबा एयरपोर्टमा अवतरण हुन सकेन । अवतरण गर्ने समयमा विमान ३७ हजार फिटको उचाइमा उडिरहेको थियो । विमानले अवतरणका लागि न त कुनै प्रयास गर्यो न त उचाइ कम नै गर्यो । यस अवस्थामा एयर ट्राफिक कन्ट्रोलले पाइलटहरूलाई पटकपटक सन्देश पठाए पनि उनीहरू कुनै जवाफ दिएनन् । किनकी दुवै पाइलट सुतिरहेका थिए ।

एभिएसन हेराल्डका अनुसार घटना सोमबार भएको हो । विमान सुडानको खार्तूमबाट इथियोपियाको राजधानी अदिस अबाबाका लागि उडेको थियो । जब विमान एडिस अबाबा एयरपोर्टमा पुग्यो, तर अवतरण गर्न सुरु गरेन । त्यसपछि एयर ट्राफिक कन्ट्रोलले अलर्ट जारी गर्‍यो । एटीसीले पाइलटहरूसँग सम्पर्क गर्न धेरै पटक प्रयास गरे, तर सफल भएन । यस्तो अवस्थामा विमानले विमानस्थलको धावनमार्ग पार गर्ने बित्तिकै उनीहरुको अटोपाइलटको सम्पर्क विच्छेद भएको थियो । यसले क्याबिनमा अलार्म बज्यो, जसले पाइलटहरू निन्द्राबाट ब्यूझिए । यसपछि विमानलाई हतारमा अवतरण गरिएको थियो ।

दुवै पाइलट निन्द्राबाट ब्युझेपछि पनि पाइलटलाई विमान अवतरण गर्न २५ मिनेट लागेको थियो । यस क्रममा विमानले विमानस्थलको धेरै चक्कर लगाएको थियो । अन्तत: विमान सकुशल अवतरण भयो । यसपछि विमानलाई अर्को उडानमा रोक लगाइएको थियो । करिब साढे २ घन्टाको विस्तृत अनुसन्धानपछि मात्रै विमानलाई अर्को उडानका लागि अनुमति दिइएको हो । उड्डयन निगरानी प्रणाली एडीएस- बी बाट प्राप्त डाटाले घटना भएको र विमान धावनमार्गमा उडेको पुष्टि गरेको छ । विमानको उडान मार्गको तस्बिर पनि पोस्ट गरिएको छ, जसमा विमानले एडिस अबाबा एयरपोर्ट नजिकै लूप काटिरहेको देखाएको छ ।

उड्डयन विश्लेषकहरुले यो घटना गम्भीर चिन्ताको विषय भएको बताएकाछन् । यस घटनालाई पाइलटको थकानसँग जोडिएको छ । यस्तै एउटा घटना मे महिनामा बाहिर आएको थियो जब दुई पाइलटहरू न्यूयोर्कबाट रोमको उडानमा सुतेका थिए । त्यतिबेला उनको विमान जमिनबाट ३८ हजार फिट माथि गएको थियो । उड्डयन नियामक निकायले गरेको अनुसन्धानले घटनाको समयमा आईटीए एयरवेजका दुवै पाइलट सुतिरहेको पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया