शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौँ – सुनको मूल्य बिहीवार प्रतितोला ३०० रुपैयाँले कम भएको छ । बुधवारको तुलनामा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ कायम गरिएको छ । बुधवार उक्त सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य बिहीवार प्रतितोला ९५ हजार ४०० रुपैयाँ कायम गरिएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले कम भएको छ । अघिल्लो दिन १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार प्रतितोला १ हजार १९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया