शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटको विषयमा छलफलरत सत्ता गठबन्धनका दलहरुको बैठक बिहीबार पनि बसेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अगाडिदेखि बैठक जारी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए।

सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको खाका तयार पार्न ५ वटै दल सम्मेलित नेताहरुको कार्यदल गठन गरेका थिए। तर, कार्यदलले सिटको बाँडफाँट टुंग्याउन नसकेपछि गठबन्धनकै बैठक बसेको हो।

बिहीबारको बैठकमा कार्यदलका संयोजक रहेका नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालले सिट बाँडफाँटका विषयमा हालसम्म भएको छलफल र छलफलका क्रममा उठेका विषयबारे बैठकलाई ब्रिफिङ गर्ने जनाइएको छ।

तपाईको प्रतिक्रिया