मंगलबार, बैशाख ०४, २०८१
Tuesday, April 16, 2024

काठमाडौं – सर्वोच्चले अदालतले नायक भुवन केसीको नियुक्तिसम्बन्धी फायल झिकाएको छ । नायक केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा गरिएको नियुक्तिसम्बन्धी निर्णयको फायल सर्वोच्च अदालतले झिकाएको हो ।

उनको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै नरेशकुमार पौडेल लगायतले दायर गरेको रिटमा सोमबार सुनुवाइ गर्दै सर्वोच्चले मन्त्रिपरिषदको साउन ९ गतेको निर्णय सहितको सक्कल फाइल सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र त्यहाँ नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट झिकाउन आदेश दिएको हो ।

निवेदकले केसीलाई काममा रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गरे पनि सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई झिकाएको छ । भदौ २ गते अन्तरिम आदेश छलफलका लागि झिकाउन आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग लिखित जवाफ पनि माग गरेको छ ।

तपाईको प्रतिक्रिया