शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

टोकियो – घट्दो जनसंख्याको सामना गरिरहेको जापानमा विवाह गर्नेको संख्या पनि गिरावट भएको छ । पछिल्लो १० वर्षयता निरन्तर घटिरहेको विवाह गर्नेको संख्या सन् २०२२ मा पनि घट्ने अध्ययनले देखाएको हो ।

विवाह गर्नेको संख्या ओरालो लागिरहेका बेला २ लाख ४३ जार शिशु कम जन्मिने अनुमान गरिएको छ । हालै सार्वजनिक गरिएको अध्ययन अनुसार २०२२ को अन्त्यसम्म तीन वर्षमा अपेक्षा गरिएको भन्दा १ लाख ५० हजार कम नवविवाहित जोडीहरू हुने देखिएको हो । ‘महामारी-सम्बन्धित प्रतिबन्धका कारण सामाजिकीकरण गर्ने कम अवसरहरू सहित धेरै कारकहरूको परिणाम हो,’ अध्ययनले भनेको छ, ‘नयाँ विवाह दरमा सुधार नभएमा करिब २ लाख ४३ हजार कम बच्चाहरू जन्मिन सक्छ ।’

सरकारका अनुसार २०१० मा कुल सात लाखको हाराहारीमा विवाह भएको थियो । त्यसयता हरेक वर्ष विवाहको संख्या घट्दै गएको छ । २०२० मा नयाँ विवाहको संख्या करिब५ लाख २६ हजार थियो । यो अनुमानित आँकडा भन्दा ५० हजारले कम हो । ०२१ मा ५ लाख १ हजार विवाह हुने अनुमान गरिएकोमा अनुमानभन्दा ६३ हजार कम विवाह भएको थियो । यो वर्ष ५ लाख १५ हजार विवाह हुने अनुमान गरिएकोमा ३८ हजार कम विवाह हुने अध्ययनले देखाएको छ ।

अन्वेषकहरूले अनुमानित गिरावटमा जोडिएका कारकहरूमध्ये आर्थिक तनाव बढेको पनि श्रेय दिएका छन् । प्रति महिला जन्मदरमा उल्लेख्य वृद्धि नभएसम्म सामान्यतया विवाहमा कमी आउने र त्यसैकारण जन्मदरमा कमी आउने अनुसन्धानकर्ताहरूको चेतावनी छ ।

जापानमा वार्षिक विवाहको संख्या सन् १९७० को दशकको सुरुमा १० लाखभन्दा बढीमा पुगेपछि लगातार घट्दै गएको हो । जापानले विवाह र नवजात शिशुको संख्या घट्ने चिन्ताजनक प्रवृत्तिको सामना गरिरहेको अध्ययनको निष्कर्षका भनिएको छ ।

तपाईको प्रतिक्रिया