शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – घूसखोरीको आरोपमा दोषी ठहरिएका सामसुङ उत्तराधिकारी ली जे-योङलाई दक्षिण कोरियाका राष्ट्रपतिले विशेष माफी दिएका छन् । दक्षिण कोरियाका सबैभन्दा शक्तिशाली ह्वाइट कलर अपराधी मध्ये एक, लीलाई पूर्व राष्ट्रपतिलाई घुस दिएकोमा दुई पटक जेल सजाय गरिएको थियो ।

दक्षिण कोरियाको सरकारले यस कदमको औचित्य पुष्टि गर्दै देशको सबैभन्दा ठूलो कम्पनीको वास्तविक नेतालाई महामारी पछिको आर्थिक रिकभरीको नेतृत्व गर्नको लागि फिर्ता आवश्यक रहेको भन्दै माफी दिएको बताएको छ । लीले गरेका भ्रष्टाचारसँग नाम जोडिएपछि पूर्व राष्ट्रपति पार्क ग्युन-हेलाई २०१३-२०१७ सम्म जेलमा राखेको थियो ।

‘सामसुङको क्राउन प्रिन्स’ भनेर चिनिने लीमाथि सेयरधारकहरूले विरोध गरेको विलयको समर्थन प्राप्त गर्नका राष्ट्रपति पार्क र उनको सहयोगीलाई ८ मिलियन डलर घूस दिएको आरोप लागेको थियो । जसले उनको परिवारको साम्राज्यको नियन्त्रणलाई किनारा लगाउने सम्भावना थियो ।

यो खुलासा भएपछि लाखौं दक्षिण कोरियालीहरू २०१६-१७ मा पार्कको सरकारको अन्त्य र राजनीति र व्यापार बीचको सिलाईको माग गर्दै हरेक हप्ताको अन्त्यमा मैनबत्तीको प्रदर्शनमा निस्किएका थिए । त्यसपछि कोरियाको संसदले पार्कलाई महाभियोग लगाएको थियो र उनलाई २०१७ मा २५ वर्षको लागि जेल सजाय दिइएको थियो ।

ली, जसलाई पश्चिममा जे वाई ली भनेर पनि चिनिन्छ, एक वर्ष पछि राष्ट्रपतिकी साथीकी छोरीका लागि ८ लाख डलर घोडा किन्न कम्पनीको कोष हिनामिना गर्ने लगायतका अपराधको लागि जेल परेका थिए ।

अहिले लीलाई सरकारले दिएको माफी अर्थतन्त्रका लागि आवश्यक छ भन्ने तर्कमा आधारित छ । तर धेरै अर्थशास्त्रीहरूले यो तर्क सहि हो भन्ने प्रमाण नभएको टिप्पणी गरेका छन् ।

तपाईको प्रतिक्रिया