शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य रेखा थापाले केपी ओलीसँगको भेटको क्रममा समसामयिक राजनीति र आगामी चुनावमा महिलालाई उम्मेदवार बनाउने सवालमा कुराकानी भएको बताएकी छन् ।

गत बुधबार थापा र राप्रपाकी महामन्त्री कुन्ती शाहीले बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए । हरेक दलहरूले महिलालाई कोटामै सीमित गरिरहेको सन्दर्भ निकाल्दै उनले एमालेका अध्यक्ष ओलीसँग पनि महिलालाई प्रत्यक्षतर्फ उठाउने कि भन्ने बारे छलफल गरेको बताइन् ।

यो पटकको चुनावमा महिलालाई प्रतक्षतर्फ उठाउने कि भन्ने सवालमा ओलीसँग छलफल भएको थापाको भनाई छ ।

तपाईको प्रतिक्रिया