Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन २५, २०८१
Friday, October 11, 2024

काठमाडौं – सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकाय यूएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार ७ लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका छन् । उनीहरू देशको सीमाभित्र रहेका छन् ।

सोमालियामा एनआरसीका कन्ट्री डाइरेक्टर मोहम्मद अब्दीले १० लाख जनसंख्या विस्थापित हुनु सोमालियाका लागि ठूलो खतराको घण्टी भएको बताएका छन् । उनले भोकमरीले अहिले सिङ्गो सोमालियालाई पिरोलेको भन्दै धेरै परिवार घरसहित सबै कुरा छोडेर अन्त्यै जान बाध्य भएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले जतिसक्दो छिटो सोमालियामा सहायता कोष बढाउन आवश्यक रहेको पनि बताएका छन् । जलवायु परिवर्तन र युक्रेन युद्धका कारण खाद्य पदार्थको बढ्दो मूल्यका कारण सोमालियामा भोकमरीको समस्या झेलिरहेका मानिसको संख्या आउँदो दिनमा झण्डै ५० लाखबाट बढेर ७० लाखभन्दा धेरै पुग्ने यूएनएचसीआरको अनुमान छ ।

तपाईको प्रतिक्रिया