शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन क्षेत्र नं ३ बाटै चुनाव लड्ने बताएका छन् । पाँच दिने जापान भ्रमणमा रहेका प्रचण्डले नेपाली पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘तपाईँहरू ढुक्क हुनुस्, चुनाव चितवनबाटै लड्छु त्यो पनि क्षेत्र नं ३ बाटै लड्छु । साथै उनले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता नगर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले भने, ‘त्यत्रो समस्या समाधान गर्न सरकारले गरेको पहल र सदनले पारित गरेको प्रस्तावलाई राष्ट्रपतिले फिर्ता गर्नु हुन्छ भन्ने विश्वास म गर्नै चाहन्न । र उहाँले गर्नु हुन्न ।’ पाँच दिने जापान भ्रमणका रहेका उनी बुधबार नेपाल फर्किँदै छन् ।

तपाईको प्रतिक्रिया