बिहिबार, भाद्र ०२, २०७९
Thursday, August 18, 2022

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ताइवानको पछिल्लो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । अहिले केहीबेरपछि जापान जाने तयारीमा रहेका प्रचण्डको निजी सचिवालयले वक्तव्य जारी गर्दै ताइवानको पछिल्लो घटनाक्रमबारे बोलेको हो ।

प्रचण्डको सचिवालयले भनेको छ, ‘हाम्रो देश नेपाल र हाम्रो पार्टी एक चीन नीतिप्रति प्रष्ट छ । चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ ।’

चीनको विरोधकाबीच अमेरिकी सभामुख न्यान्सी पोलिसीले ताइवानको भ्रमण गरेकी छिन् । त्यसपछि चीनले ताइवानलाई लक्षित गरी मिसाइल परिक्षण गरेको छ ।

तपाईको प्रतिक्रिया