बिहिबार, भाद्र ०२, २०७९
Thursday, August 18, 2022

काठमाडौँ – युक्रेनले चीनका राष्ट्रपति सी चिनपिङसँग प्रत्यक्ष वार्ता गर्ने अवसर खोजिरहेको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले बताएका छन् । हङकङबाट निस्कने साउथ चाइना मर्निङ पोस्टसँगको बिहीवार प्रकाशित अन्तर्वार्तामा जेलेन्स्कीले रुसमाथिको प्रभावको उपयोग गर्दै युद्ध अन्त्यका लागि पहल गर्नुपर्ने बताए ।

‘चीन निकै शक्तिशाली राज्य हो । यो शक्तिशाली अर्थतन्त्र हो । त्यसैले उसले रुसलाई राजनीतिक र आर्थिक प्रभाव पार्न सक्छ । अनि चीन संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्य पनि हो,’ जेलेन्स्कीले बताए । डोनबास क्षेत्रमा लगातार युद्ध हार्दै जाँदा अमेरिकाले समेत जेलेन्स्कीलाई परित्याग गर्ने लक्षण देखाएपछि आत्तिएर उनी चीनलाई पुकार्न थालेको विश्लेषकहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया