बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं –  डा. सिके राउतपछि नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ पनि ओशो तपोवनमा ध्यानका लागि पुगेका छन् । ध्यानका लागि उनी शनिबार काठमाडौँको रानीवन गएका हुन् । यसको जानकारी उनीसँगै रहेकी अभिनेत्री सोभिता सिंखडाले दिएकी हुन् ।‘उहाँले पूर्ण रूपमा यहाँका नियमहरू पालना गर्दै तन, मन लगाएर ध्यान गरिरहनु भएको देख्दा यस कार्यक्रमको एक शिक्षक र संयोजक भएको नाताले एकदमै खुसी महसुस गरेकी छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।यसअघि कुनैबेला तराईलाई अलग्गै देशको माग गर्दै हिंसामा लागेका डा. राउत पनि ओशो तपोवन पुगेका थिए । नौ दिन तपस्या गरेपछि उनले सन्यासी रूप धारण गर्दै आनन्द मैत्रय नाम पाएका थिए ।

तपाईको प्रतिक्रिया