बिहिबार, भाद्र ०२, २०७९
Thursday, August 18, 2022
काठमाडौं याक्थुङ लिम्बुहरुको सामाजिक संस्था ‘याक्थुङ युवा मञ्च जिल्ला कार्यसमिति काठमाडौं’ले नेपाली महिला राष्ट्रिय टोलीकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बालाई सम्मान गरेको छ ।

शनिबार चुम्लुङ केन्द्रीय कार्यालय ललितपुरमा एक कार्यक्रमको आयोजना गरि तुम्बापोलाई खेलकुदको क्षेत्रमार्फत राष्ट्रलाई योगदान गरेको भन्दै सम्मान गरेको हो । उक्त सम्मान कार्यक्रममा तुम्बापोलाई नगद १० हजार, सम्मान–पत्रका साथै लिम्बुहरुको मौलिक चिनारी ‘सिलाम साक्मा’ प्रदान गरिएको मञ्चकी अध्यक्ष संगीता सुहाङले बताइन् ।

सम्मान ग्रहण गर्दै खेलाडी तुम्बापोले आफ्नो योगदानको कदर गर्दै सम्मानीत हुँदा आफूलाई खुशी लागेको प्रतिकृया दिइन् । तुम्बापो नेपाली महिला राष्ट्रिय टोलीको पहिलो रोजाइकी खेलाडी हुन् ।

तपाईको प्रतिक्रिया