शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाण्डौ – अब मोबाइल एप्लिकेशनबाटै राहदानीबारे जानकारी लिन मिल्ने भएको छ । राहदानी विभागको ‘नेपाल ईपासपोर्ट’ नामक मोबाइल एपबाट राहदानी सम्बन्धी विवरण हेर्न सकिने राहदानी विभागले जनाएको छ ।

विभागका अनुसार यस एपबाट राहदानीका लागि पेश गरेको आवेदन फारम स्वीकृत भएको नभएको र राहदानी प्रिन्ट भए नभएको हेर्न सकिने छ । राहदानी विभागको यो मोबाइल एप एन्ड्रोइड र आईओएस दुवै भर्जनमा उपलब्ध छ । यो एप एन्ड्रोइड प्रयोगकर्ताले प्लेस्टोरबाट र आईओएसका लागि एप्पल स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया