बिहिबार, भाद्र ०२, २०७९
Thursday, August 18, 2022

काठमाडौं – स्पेसएक्सले शुक्रबार आफ्नै रेकर्ड तोड्दै कम्पनीको ३२औं फाल्कन ९ रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको छ । बिहीबार अन्तिम समयमा रद्द भएको उक्त प्रक्षेपण शुक्रबार गरिएको थियो, जसमा कम्पनीका ४६ ओटा स्याटलाइट थिए । प्रक्षेपणको तयारीमा रहेको रकेटलाई अन्तिम ४६ सेकेन्ड बाँकी रहँदा रोकिएको थियो ।

प्रक्षेपण किन रोकियो भन्ने विषयमा कम्पनीले कुनै आधिकारिक जानकारी भने दिएको छैन । यो प्रक्षेपणसँगै कम्पनीले एक वर्षभित्र गरेको प्रक्षेपणको आफ्नै रेकर्ड तोडेको छ ।गत वर्ष सन् २०२१ मा कम्पनीले कुल ३१ ओटा स्याटलाइट प्रक्षेपण गरेको थियो ।

यो रेकर्डलाई कम्पनीले २०२२ को पहिलो छ महिनामा ३२औं प्रक्षेपण गर्दै तोडेको हो । कम्पनीले हरेक वर्ष आफ्नो प्रक्षेपणको संख्या बढाउँदै लगिरहेको छ । यो प्रक्षेपणसँगै अर्बिटमा स्टारलिंकको स्याटलाइटको संख्या २६ सय पुगेको छ । यो संख्या थप बढ्दै जानेछ । स्याटलाइटको अर्को समूहलाई लिएर स्पेसएक्सले आइतबार रकेट प्रक्षेपण गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया