शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – ३० लाख चोटि डाउनलोड गरिसकेको एन्ड्रोइड एपहरुमा म्यालवेयर फेला परेको छ । यी एपहरुले सब्सक्राइबरहरुलाई प्रिमियम सेवा पनि दिदै आएका थिए । आठ ओटा एप मध्य दुई एपहरुको नाम केली टेकको फन्नी क्यामेरा जसलाई ५ लाख चोटि डाउनलोड गरिएको छ र अर्काे एपको नाम रेजर किबोर्ड एण्ड थिम रहेको छ जसलाई ५० हजार चोटि इन्स्टल गरिएको छ ।

पहिले गूगलले ६ ओटा एपहरु हटायो र अहिले यी बाँकी दुई ओटा एप पनि आफ्नो प्ले स्टोरबाट हटाईदिएको छ । यी एपहरुमा अटोलिकोस नामक म्यालवेयर फेला परेको हो । यो म्यालवेयर एभिना सेक्युरिटीको अन्वेषक म्याक्जिम इन्ग्राओले पत्ता लगाएका हुन् ।

इन्ग्राओसँग ब्लिपिगं कम्प्युटरको छलफलमा उनले यो म्यालवेयरलाई सन् २०२१ को जुनमानै भेट्टयाएको र त्यही समय गूगललाई रिपोर्ट गरेको बताएका थिए । तर यस बारे गूगलले प्रतिक्रिया दिन कम्पनीले ६ महिना लिएको उनले बताएका छन् ।

६ महिना पनि मात्रै ती ६ ओटा एप हटाइएका हुन् र अन्तिम दुई ओटा एपलाई कम्पनीले दुई दिन अगाडिमात्रै हटाएको हो । यो म्यालवेयरले गर्दा एपहरुले पिडीतको एसएमएस टेक्सट मेसेज पनि पढ्न सक्छन् । अब यी सबै एप गूगल प्ले स्टोरमा उपलब्ध छैनन् ।

तपाईको प्रतिक्रिया