बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडाैं – नासाका प्रमुख बिल नेल्सनले एक अन्तर्वार्तामा चीनले कुनै दिन चन्द्रमामा अवतरण गर्न सक्ने बताएका छन् ।उनले बेइजिङले चन्द्रमालाई आफ्नो क्षेत्र घोषणा गर्न सक्ने दाबीसमेत गरे । ने

ल्सनका अनुसार सन् २०३५ सम्ममा चीनले आफ्नो चन्द्रमा स्टेसनको निर्माण पूरा गर्नेछ । त्यसपछि बेइजिङले धेरै चन्द्रयानहरू प्रक्षेपण गर्न सक्नेछ । चीनले चन्द्रमामा अवतरण गर्ने योजना बनाएको छ । प्राकृतिक उपग्रह लिने बेइजिङको एजेन्डाको बारेमा अमेरिकी अन्तरिक्ष प्रशासन धेरै चिन्तित रहेको नासाका प्रमुखले स्वीकार गरेका छन् ।

‘हामी धेरै चिन्तित हुनुपर्दछ किनकी चीन चन्द्रमामा अवतरण गरिरहेको छ र उसले यो हाम्रो हो र तपाई बाहिर बस्नुहोस भन्दै छ’, नासा प्रशासक बिलले भने । नेल्सनले चीनको अन्तरिक्ष कार्यक्रम सैन्य कार्यक्रम रहेको दाबी गरे । चीनले अरूको विचार र प्रविधि चोरेको समेत उनले आरोप लगाए । जवाफमा चीनले सधैं बाह्य अन्तरिक्षमा राष्ट्रहरूको समुदाय निर्माण गर्न आह्वान गरेको बताउँछ । उसले नासाका प्रमुखको दावीलाई गैरजिम्मेवारपूर्ण भनेको छ ।

हालैका वर्षहरूमा चीनले चन्द्रमा अन्वेषणमा ध्यान केन्द्रित गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमको गति बढाएको छ । चीनले सन् २०१३ मा कारिन्दारहित यान अवतरण गरायो । यस दशकको अन्त्यमा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउन पर्याप्त शक्तिशाली रकेटहरू प्रक्षेपण गर्ने अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया