शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपाली कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। वैशाख ३० गते सम्पन्‍न स्थानीय निर्वाचनबारे समीक्षा गर्नका लागि असार २७ गते सोमबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन्।

उनका अनुसार बैठक सानेपास्थित पार्टी कार्यालयमा बस्‍ने भएको छ। कांग्रेसले निर्वाचन सकिएको डेढ महिना बितिसक्दा पनि स्थानीय तहको निर्वाचनको समीक्षाका लागि बैठक बोलाएको थिए। पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउनका लागि शेखर कोइराला समूहले पनि बिहीबार बैठक बसेको थियो ।

तपाईको प्रतिक्रिया