शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – दक्षिण एसियामा क्षेत्रीय व्यापार र कनेक्टिभिटीलाई प्रवद्र्धन गर्नका निमित्त विश्व बैंकद्वारा नेपाल र बंगलादेशलाई १ अर्ब डलरभन्दा बढीको सहयोग प्राप्त हुने भएको छ । बंगलादेश र नेपालको क्षेत्रीय व्यापार सुधार गर्ने तथा यातायात लागत र क्षेत्रीय कोरिडोरमा पारवहन समय घटाउने लक्ष्यका साथ विश्व बैंकले उक्त आर्थिक सहयोग स्वीकृत गरेको हो ।

उक्त सहयोगले सम्बन्धित सरकारहरूलाई क्षेत्रीय व्यापारका प्रमुख बाधाहरूलाई सम्बोधन गर्न मद्दत गर्ने विश्व बैंकले जनाएको छ । कार्यक्रमले बंगलादेश र नेपालमा लामो म्यानुअल र कागजमा आधारित व्यापार प्रक्रियाहरूलाई डिजिटलाइज्ड तथा स्वचालित समाधानहरूमा प्रतिस्थापन गर्न, कार्यक्रमले चयन गरेका सडक कोरिडोरहरू सुधार गर्न, मुख्य भूमि बन्दरगाह तथा अनुकूलन पूर्वाधारको स्तरोन्नति गर्न तथा हरित र जलवायु–उत्थानशील निर्माण सुनिश्चित गर्न मद्दत गर्ने विश्व बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया